मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

इलाम-१ र सुनसरी-४ मा रोकिएको मतगणना सुरु

इलाम क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ ।

पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् । बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् ।

सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् । उनले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहेका छन् ।

रोकिएको दुवै क्षेत्रको मतगणना अहिले जारी छ ।