काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य विपरीत दिशामा देखिएको छ। सुनको मूल्य उकालो लाग्दा चाँदी भने सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले महँगिएको छ। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा प्रतितोला ४५ रुपैयाँको कमी आएको छ। सोमबार ३ हजार ७२० रुपैयाँ रहेको चाँदीको भाउ मंगलबार घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसरी एकैदिन सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको हो।