मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सुन तोलामा २ लाख ५ हजार ९ सय पुग्दा चाँदी पनि ऐतिहासिक स्तरमा

सुनचाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ५ हजार ९ सय रुपैयाँ पुगेको छ।

हिजो सुन तोलामा २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने अस्ति २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेर त्यतिबेला समेत कीर्तिमान कायम गरेको थियो।

चाँदीको मूल्य पनि आज नयाँ उच्च स्तरमा पुगेको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य २ हजार ४८५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलामा २ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।