मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

समीक्षा अधिकारीले निराशाले भरिएको स्टाटस लेखेर हटाइन्, अब म बाँच्न सक्दिनँ भनेपछि …

काठमाडौं – गायिका समीक्षा अधिकारीको एक स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । मध्यरातमा गायिका अधिकारीले सामाजिक सञ्जालमा आफूलाई निक्कै गाह्रो भएको बताइन् ।

स्टाटसमा आफूलाई निक्कै गाह्रो भएको उल्लेख गरेकी अधिकारीले केही समयमा सो स्टाटस पनि हटाइन् । निराशाले भरिएको स्टाटसमा उनले लेखेकी थिइन् मलाई अति नै गाह्रो भैसक्यो । अब म बाँच्न सक्दिनँ ।

उनले राति करिब साढे १२ बजे उक्त स्टाटस लेखेकी थिइन् । उनी लामोसमयदेखि एक चर्चित घटनासँग जोडिएकी छिन् । सो घटनापछि उनलाई सामाजिक सञ्जालमा गाली आउने गरेको छ । उनले, आफूलाई तथानाम गाली नगर्न आग्रह गर्दै आएपनि त्यो क्रम अझै रोकिएको छैन ।