यात्रु र गाडीको चाप बढी हुने भएकाले खाल्डाखुल्डीका कारण दुर्घटना र यात्रा ढिला हुने जोखिम न्यून बनाउन मर्मतकार्य आवश्यक देखिएको छ। हाल सडक स्तरोन्नति अनुसार कालोपत्र गर्ने काम बाँकी छ। वर्षा भएकाले कालोपत्र गर्न नमिल्ने भएकाले सडक छेउमा स्टिल राख्ने जस्ता तयारी पनि भइरहेको छ।
पश्चिम खण्डमा पर्ने ६ मध्ये ४ वटा पुलको काम अन्तिम चरणमा पुगेको छ। साथै, पहिरो झरेमा तत्कालै पन्छाउन जनशक्ति र मेशिन तयारी अवस्थामा राखिएको हुँदा दशैँको यात्रा सहज हुने विश्वास गरिएको छ।
