मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेन्जी आन्दोलनको भावना अनुसार सुशासनमा जोड दिने अध्यक्ष डा. आचार्य

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले प्रेस काउन्सिलमा सुशासन कायम गर्ने र भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।
प्रेस काउन्सिल नेपालमा आज शपथग्रहण र पदवहालीपछि मन्तव्य राख्ने क्रममा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। 
जेन्जी आन्दोलनको मूल माग नै सुशासन र भ्रष्टाचारमुक्त समाज रहेको स्मरण गर्दै अध्यक्ष डा.आचार्यले आफ्नो कार्यकालमा मेलमिलापको वातावरण बनाउन जोड दिने धारणा राख्नुभयो।
उहाँले बोलेर भन्दा काम गरेर देखाउन आवश्यक रहेकाले यो नयाँ क्षेत्रमा सल्लाह सुझावसहित सहयोग गर्न सम्पूर्ण पदाधिकारी र कर्मचारीलाई आव्हान गर्नुभयो। 
नेपाल सरकार मन्त्रीपरिषद्को यही मङ्सिर १५ गतेको बैठकले डा.आचार्यलाई अध्यक्षमा मनोनयन गरेको थियो।
   काउन्सिलमा २०८२ जेठ २० गतेदेखि अध्यक्ष पद रिक्त थियो।